spot_img

रूकुम पूर्व दुर्घटना : घाइते एक प्रहरी जवानको मृत्यु

spot_img

रूकुम पूर्वमा प्रहरीको जिप दुर्घटना हुँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। त्यसमा सवार दुई जना डिएसपीसहित ६ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

मृत्यु हुनेमा रोल्पा घर हुने प्रहरी जवान लक्ष्मण पुन छन्। उनीसहित गाडीमा सवार रहेका ६ जनाको उपचारको लागि हेलिकप्‍टरमार्फत् नेपालगन्ज लगिएको थियो। 

जसमध्ये दुई जना प्रहरी नायब उपरीक्षक समेत छन्। रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते थिए। 

घाइतेहरूको नेपालगन्जमा रहेको कोहलपुर मेडिकल कलेजमा तीन जनाको र नर्सिङ अस्पतालमा दुई जनाको उपचार भइरहेको छ।

दुर्घटनामा परी चालक तथा प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुई जना डिएसपीको अवस्था भने सामान्य नै छ। प्रहरी जवान इन्द्र घर्ती पनि घाइते रहेको प्रहरीले जनाएको छ। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img