चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । कुल ७८ हजार २७७ मत खसेको चितवन–२ मा ७० हजार २३९ मत गणना हुँदा लामिछानेले ५० हजार ७९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठको ९ हजार १६५ मत सहित दोश्रो स्थानमा छन्। यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७९ मत प्राप्त गरेका छन् ।
गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत सहित विजयी भएका थिए । मंसिर ४ को निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढाएका छन् ।





