काठमाडौं । वान एक्स बेटमा सट्टेबाजी गर्ने र विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन वान एक्स चलाएको हो।
प्रहरीले बुधबार ५ जना एजेन्टहरुलाई बिभिन्न सेवा प्रदायक कम्पनीहरुको ३४ सिमकार्ड सहित नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको थियो।