spot_img

सत्ता गठबन्धनमा सहभागी हुन लोसपाले थाल्यो छलफल

spot_img

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो  । आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । 

thumb

उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट बाँडफाँटमा लोसपाको माग कति हो, त्यसको बारेमा पनि छलफल हुने भनिएको छ । नेताहरु बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img