spot_img

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

spot_img

जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए।

असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई यसअघि अदालतले ७ दिनको म्याद दिएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img