सन्दीप लामिछाने यूएईमा हुने खेलमा सहभागी हुन जान अनुमति मागिएको निवेदन र महान्यायाधिवक्ताको कार्यालयको निवेदनमाथि आइतवार कुनै निर्णय हुन सकेन। मुद्दा नटुङ्गिएकाले यसलाई “हेर्दाहेर्दैमा राखिएको” सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।
“आज सुनुवाइ सकिएन। त्यसैले लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो,” उनले भने।
लामिछानेको निवेदनमाथि सोमवार निर्णय हुने उनका अधिवक्ता सरोज घिमिरेले जिकिर गरे।
“यूएईमा हुने खेलमा सहभागी हुन अनुमतिका लागि दिइएको निवेदन र महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट दायर निवेदन दुवैलाई सँगै राखेर पेस गरिएको थियो तर निर्णय हुन सकेन। यस मुद्दाको भोलि टुङ्गो लाग्न सक्छ,” घिमिरेले भने।
न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ती निवेदनहरूमाथि सुनुवाइ सुरु गरेको हो।






