spot_img

सरकारले घटायो पेट्रोल र डिजेलको मूल्य,अब लिटरको कति ?

spot_img

काठमाडौँ–सरकारले घटाएको डिजेल र पेट्रोलको नयाँ मूल्य शनिबार मध्यरातिदेखि लागू हुने भएको छ ।  

सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेकामा सो निर्णय मध्यराति १२ बजेदेखि लागू हुने शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । 

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ ।  हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेकामा अब १७९ रुपैयाँमा पेट्रोल पाइने भएको हो ।

यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा लागू गर्दै आएको कर कटौती गरेर सर्वसाधारणलाई राहत दिएको हो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img