spot_img

साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशलाई,च्याम्पियन बन्ने नेपालको सपना अधुरै

spot_img

काठमाण्डौ – छैटौँ संस्करणको साफ महिला च्याम्पियनशिप २०२२ को उपाधि बंगलादेशले जितेको छ । 

दशरथ रङ्गशालामा भएको खेलमा नेपाललाई तीन–एकले हराउँदै बंगलादेशले उपाधि जित्यो । बंगलादेशको जितमा स्याम सुन्हारले खेलको १४ औँ र श्रीमोती के। सरकारले ४२ र ७७ औँ मिनेटमा गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औँ मिनेटमा सान्त्वना गोल गरिन् । 

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएको हो । नेपाल भने पाँचौँ पटक फाइनलमा पराजित बनेको छ । यसअघि पाँचमध्ये चार पटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो । यसअघिका सबै संस्करण भारतले जितेको थियो । 

सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल बंगलादेशसँग पराजित हुँदा फेरि पनि उपाधि जित्न असफल भयो । नेपाललाई हराएको बङ्गलादेश पहिलो पटक च्याम्पियन बन्यो । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img