काठमाडौँ। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ। लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि कम्पनीको लाइसेनस खारेज गरिएको हो ।
लाइसेन्स खारेज भएसँगै प्राधिकरणले स्मार्ट टेलिकमलाई आफू मातहत ल्याउन प्रक्रिया अगाडि बढाउने भएको छ ।
लाल साहु डिस्ट्रिब्युटर प्रालि सिंगापुरको ७० तथा जिल्याटको १० प्रतिशतसहित सचिनलाल आचार्यको स्क्वायर नेटवर्क प्रालिको २० प्रतिशत सेयर रहेको कम्पनीको लाइसेन्स र सम्पत्ति प्राधिकरणको मातहतमा पुग्ने भएको छ।






