spot_img

हवाई भाडा बढ्यो,कुन रुटमा कति ?(सूचीसहित)

spot_img

नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले नयाँ भाडादर सार्वजनिक गरेको हो।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गर्दै १९० रुपैयाँ कामय गरेको छ। संघका अनुसार नयाँ भाडादर बिहीबार (असार २३) बाट लागु हुनेछ। 

वृद्धि भएको भाडादर अनुसार अब काठमाडौंदेखि सबैभन्दा लामो दुरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा २२० रुपैयाँले बढेर १७ हजार २५रुपैयाँ कायम गरिएको छ।

माउन्टेन फ्लाइटमा १७० रुपैयाँ बढेको छ। अब काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडादर १४ हजार ८९० रुपैयाँ पर्छ। 

त्यस्तै, काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर १५० रुपैयाँले बढेर १२,९५५ रुपैयाँ, काठमाडौंदेखि विराटनगरको भाडादर १२५ रुपैयाँले बढेर १०,२०५ रुपैयाँ, काठमाडौंदेखि जनकपुरको भाडा ६५ रुपैयाँले बढेर ५,८६० रुपैयाँ, काठमाडौंदेखि भरतपुरको भाडा ५५ रुपैयाँले बढेर ४,९९० रुपैयाँ पुगेको छ।  

काठमाडौंदेखि पोखराको भाडादर भने ८० रुपैयाँ बढेर ६,९८५ रुपैयाँ कामय गरिएको छ। काठमाडौंदेखि भैरहवाको भाडा १०० रुपैयाँले बढेर ८,६७५ रुपैयाँ, काठमाडौंदेखि नेपालगञ्जको भाडादर १६५ रुपैयाँ बढेर १३, ९८० रुपैयाँ, काठमाडौंदेखि तुम्लिङटारको भाडादर ९५ रुपैयाँ बढेर ८,२०५ रुपैयाँ र काठमाडौंदेखि सिमराको भाडादर ४५ रुपैयाँ बढेर ४,२४० रुपैयाँ पुगेको छ। 

त्यस्तै, काठमाडौंदेखि सुर्खेतको भाडादर १७० रुपैयाँ बढेर १४,९९५ रुपैयाँ र काठमाडौंदेखि राजविराजको भाडादर एक सय रुपैयाँ बढेर ८,७५५ रुपैयाँ कायम गरिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img