spot_img

हिरासतकी महिलालाई मध्यरातमा आफ्नो कोठामा लैजाने असईविरूद्ध बलात्कार मुद्दा दर्ता

spot_img

इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन्।

‘पीडितले असईं चौलागाईं बिरूद्ध दिएको जाहेरी दर्ता भएको छ,’ प्रवक्ता न्यौंपानेले भने, ‘अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुनेछ।’

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असईं चौलागाईंले आफ्नो कोठमामा पुर्‍याई यौंन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए।

चौलागाईंले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलामा रहेको आफ्नो कोठामा लगेका थिए। त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए।

थुुनुवा कक्षमा ब्यापक होहल्ला भएपछि ती महिलालाई असईं चौलागाईंले फर्काएको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिएका थिए। असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img