spot_img

७ वर्षीय छोरालाई नदीले बगाएपछि बचाउन खोच्दा आमा पनि बेपत्ता

spot_img

नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा-छोरा बेपत्ता भएका छन्। 

शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका-३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिए। पूर्णलाल श्रेष्ठका ७ वर्षीय युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो। 

छोरालाई बगाउँदा उनकी आमा ३२ वर्षीया सन्जिता बचाउन भनेर गएकी थिइन्। तर उनलाई पनि नदीले बगाएको हो। उनीहरूलाई बगाएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ। सशस्त्र प्रहरी बल र विपद व्यवस्थापन नुवाकोट समेतको टोलीले आमा-छोराको खोजी गरिरहेको छ। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img