प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसालले मनोनयन दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । भुसालले शनिबारमात्र एमाले परित्यागको घोषणा गरेका थिए ।
प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।





