spot_img

सहमहामन्त्री रसाइलीको पहल पछि बैतडी दुर्घटनाका घाइतेहरूलाई प्रदेश सरकारको सहयोग

spot_img

 बैतडी | नेपाली काँग्रेसका सहमहामन्त्री तथा बझाङका प्रतिनिधिसभा उम्मेदवार  प्रकाश रसाइलीको पहलपछि बैतडीमा १३ जनाको मृत्यु भएको दुर्घटनामा मृतक परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ। 

आज बिहान घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेका सहमहामन्त्री रसाइलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीलाई फोन गरेर घाइतेहरूको निःशुल्क उपचार , हेलिकप्टरको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्थापन गरिदिन आग्रह गरेका थिए।  लगतै सुदूरपश्चिम मन्त्रिपरिषदको बैठकले मृतक परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको हो। बैठकले घाइतेको सरकारी अस्पतालमा नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

बैतडीमा बिहीबार बेलुका पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा सु. प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा  १३ जनाको मृत्यु भएको थियो । पाँच जना गम्भीर घाइतेको धनगढी, २५ जनाको डडेलधुरामा र चार जना सामान्य घाइतेको बझाङको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।   बस झन्डै एक सय मिटर मुनी खसेको थियो।  

दुर्घटना लगत्तै फरार चालक कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको थियो।

WhatsApp Image 2026 02 06 at 3.24.56 PM
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img