spot_img

पोर्चुगलमा ३४ वर्षीय नेपालीको मृत्यु

spot_img

पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले बताए। उनको शव नेपाल पठाउने तयारी भइरहेको छ।

बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो। उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए। गत साता पनि चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img