spot_img

लगनगाँठो कस्दै नायिका नीता र ज्योतिष हरिहर अधिकारी,मनाए बिहे अघिको ब्याचलर पार्टी

spot_img

नायिका नीता ढुंगानाले असार २४ गते बिहे गर्ने भएकी छिन्। ज्योतिष हरिहर अधिकारी र नीताले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

याक एण्ड यति होटलमा असार २४ गते लगनगाँठो कस्दै छन्। आफ्ना नजिकका साथीलाई बोलाएर नीताले बुधबार ब्याचलर पार्टी मनाएकी छिन्।ब्याचलर पार्टी मनाएकी नीता  केकी अधिकारी र वर्षा शिवाकोटीको विवाह शैलीबाट प्रभावित भएको देखिन्छ।

नीताले पनि आफ्नो बिहेमा मिडिया प्रवेशमा रोक लगाउने तयारी गरेकी छिन्। असार २५ र २६ गते याक एण्ड यति होटलमा नै दिने बिहेको पार्टीमा भने फिल्मकर्मी र मिडियाकर्मीलाई पनि निम्ता दिने उनको तयारी छ।

बिहे लगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img