spot_img

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिइन्

spot_img

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बिहे गरेकी छन्। उनले आफ्नो प्रेमी तथा व्यवसायी राहुल मोक्तानसँग बिहे गरेकी हुन्।

उनीहरूले मंगलबार राति नेवारी परम्पराअनुसार बिहे गरेका छन्। गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनीहरूको बिहे भएको हो। 

बिहे समारोहअघि उनीहरूले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए। नेवारी परम्पराअनुसार रिसेप्सनपछि शुभ साइतमा निकटका आफन्त र परिवारको उपस्थितिमा बिहे भएको हो।

राहुल र सदीक्षा एक वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सदीक्षाको बिहेमा पूर्वमिस नेपालहरूको बाक्लो उपस्थिति थियो। सदीक्षा २०१० की मिस नेपाल हुन्। 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img