spot_img

‘झिंगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीत सार्वजनिक

spot_img

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म झिँगेदाउको आगो बिना बिँडी जल्दैनु बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्ट फिचर्ड छन्।

शान्तिश्री परियार र प्रविण बेडवालको स्वर रहेको गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ। संगीत संयोजन महाराज थापाको रहेको छ।

झिँगेदाउमा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिएका छन्। फिल्ममा केकी, आँचल, मुकुन र कुशलसँगै हिउँवाला गौम, संगम भण्डारी, विजय देउजा, आयान खड्का, अभयराज बराल लगायत कलाकारको अभिनय छ। 

कपनगडी सिनेमा र फिल्म क्र्यू नेपालको ब्यानरमा निर्माण भएको फिल्मको कथा भिमनिधि तिवारीले तयार पारेका हुन् भने पटकथा तथा संवाद प्रदीप भारद्वाजको छ। 

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह(निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन्। विष्णु घिमिरेले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुनेछ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img