spot_img

नेपालको अर्को सानदार जित

spot_img

नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–० गोलअन्तरले हराएको हो । 

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाललाई जित दिलाउन आयुस घलान, कृतिस राना र मयांक नकर्मीले एक–एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा तीन गोल गर्यो । 

खेलको ५८औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ८४औं मिनेटमा मनग्यले गोल गर्दै टिमलाई सहज जित दिलाए ।

नेपालको यो दोस्रो जित हो  । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img