spot_img

अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

spot_img

फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका छन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्। फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन्।

यस्तै फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरेका छन्। गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन्।

साथै उनले प्रहरीमा समेत फूर्पाको अनुचित व्यवहारविरुद्ध उजुरी दिएकी थिइन्। तर तामाङ र लामा समुदाय सार्वजनिक रुपमै विरोधमा उत्रिएका थिए। उनीहरुले प्रदर्शन भइरहेको मिरुनाको फिल्म कबड्डी ४ रोक्न माग माग गरेका थिए।

विरोध बढेपछि फूर्पालाई प्रहरी छाडेको थियो। लगत्तै जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति भएको थियो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img