spot_img

महाराजगञ्जकी १७ वर्षीया सुनिताको दाङमा बाढीले बगाएर मृत्यु

spot_img

दाङमा खोलाले बगाउँदा काठमाडौं महाराजगञ्जकी एक किशोरीको मृत्यु भएको छ। 

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो खोलाले बगाउँदा मृत्यु भएको बताए। 

एसपी काफ्लेका अनुसार उनी दाङ घोराहीस्थित दिदीको घरमा आएको र साथीहरूसँगै घुम्न गएको समयमा खोलामा आएको बाढीमा बगेर मृत्यु भएको हो। 

सँगै गएकामध्ये घोराही उपमहागनरपालिका वडा नं. १४ का २१ वर्षीय हिक्मत बुढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा उनको घुँडामा चोट रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले बताए। 

प्रवक्ता रिजालका अनुसार सोमबार दिउँसो दुइटा मोटरसाइकलमा चार जना जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाको मर्फेस क्षेत्र घुम्न भनेर गएका थिए। 

पानी पर्न थालेपछि उनीहरू बाटोबाटै फर्किएका थिए। फर्किने क्रममा एउटा मोटरसाइकलले खोला पार गरे पनि एउटा अर्को मोटरसाइकल तर्ने क्रममा बंगलाचुली–२ स्थित स्याला खोलामा बाढी तर्ने क्रममा बग्न पुगेको थियो। 

‘सुनिताले पछाडिबाट बाइक ढकल्दै गर्दा बगेको भन्ने कुरा आइरहेको छ,’ प्रवक्ता रिजालले भने, ‘हामीलाई पौने चार बजेमात्रै खबर आएको हो र खोजी गर्दा घोराहीमा शव फेला परेको हो।’

सुनिताको शव घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित सिस्ने खोला पुल नजिक फेला परेको प्रहरीले जानकारी दिएको छ।

बगेकामध्ये रा ३ प ५०६३ नम्बरको मोटरसाइकलमात्रै खोलामा फेला परेको र अर्को मोटरसाइकल पनि खोलामै रहेको भए पनि अल्फाबेट खुलिनसकेको डिएसपी रिजालले बताए।

मृतकको शव पोष्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ। गत वर्ष पनि तीजको अघिल्लो दिन सिस्ने खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको थियो।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img