spot_img

पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु,तीन बेपत्ता

spot_img

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ।

तीन जना बेपत्ता भएका छन्। घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो। घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।

गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन्। घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन्। स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको बताए। घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img