spot_img

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट

spot_img

चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रेमी संजीव बराइलीसँग इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन्।

संजीव र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेका थिए। नयाँ वर्षको अवसर पारेर मेलिनाले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट गरेको जानकारी दिएकी थिइन्।

गायिका मेलिनाले वैचारिक पक्षमा मतभेत आउन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको बताएकी छन्। केही समयअगाडि मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो।

एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो।

हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,उनले लेखेकी छन्।

उनले हरेक सम्बन्धहरू बाध्यकारी नहुने बताउँदै लेखेकी छन्, फेरि सबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ।

त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दछु। यो बीचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछु।ु

सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिव लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img