spot_img

भूकम्पको धक्का महसुस

spot_img

काठमाडौं उपत्यकासहितका स्थानमा शनिबार बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ। शनिबार बिहान ५ बजेर २६ मिनेटमा केही क्षण भूकम्पको कडा धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्पको गएको हो।

यो भूकम्पको काठमाडौं उपत्यका, काभ्रे, रसुवा, नुवाकोट, गोरखा र धादिङसहितका जिल्लामा केही सेकेन्ड कडा धक्का महसुस भएको छ। मानवीय र भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसबेला खोटाङ र छिमेकी भोजपुर ६ घर भत्किनुका साथै अन्य ५० घरमा क्षति पुगेको थियो।  २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img