spot_img

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

spot_img

आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ।

अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी थिइन्। सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया झरेकी थिइन्। 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका निम्ति बिर्तामोड ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनापछि छोरा सुमन पनि अचेत छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img