spot_img

हिमानी शाह अस्पताल भर्ना

spot_img

पूर्वयुवराज्ञी हिमानी शाह रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन्।

उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए।

उनी अस्ट्रेलियाबाट सोमबार काठमाडौं फर्किएकी हुन्। यहाँ आएपछि पनि घाँटीको समस्या कम नभएपछि बुधबार अस्पताल भर्ना भएको पाठकले बताए।

अस्ट्रेलिया जानेमा पूर्वयुवराज्ञी शाहसहित राजपरिवारका दुई सदस्य पूर्वअधिराजकुमारीहरू शिताष्मा र दिलाशा शाह  पनि थिए।

नेपालका बालबालिकाका लागि स्वच्छ पानीको पहुँच कार्यक्रम ‘एक्सेस टु क्लिन ड्रिकिङ वाटर प्रोजेक्ट’ का लागि सहयोग जुटाउन उनीहरू त्यहाँ गएका हुन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img