spot_img

बाढी–पहिरोलेले ठोसेका ५ घर बगायो,विस्थापित परिवारको बिचल्ली

spot_img

रामेछाप- रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ ।

हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो ।

बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको छ ।

यस्तै, हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईँको ढुङ्गा माटोले बनेको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । बाढीका कारण विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् । 

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img