spot_img

काँग्रेस सोलुबाट प्रत्यक्ष तर्फ आङगेलु शेर्पा सिफारिस, समानुपातिकमा बलबहादुर केसी (विज्ञप्तिसहित)

spot_img

आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस सोलुखुम्बुले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवार टुंगो लगाएको छ ।

आईतबार पार्टी कार्यालयमा बसेको जिल्ला समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रदेश सभा क्षेत्रिय सभापतिहरुको संयुक्त बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य आङगेलु शेर्पाको नाम सिफारिस गरेको हो ।

यस अघि तीन पटक सम्म जिल्ला सभापति भई पार्टी नेतृत्व गरिसकेका केन्द्रिय सदस्य शेर्पाको एकल नाम मात्रै प्रत्यक्ष तर्फ सिफारिस गरिएको पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । प्रतिनिधि सभाको समानुपातिक तर्फ पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी सहित आठ जना नेताको नाम सिफारिस गरिएको छ ।

यस अघि ६ पटक सम्म टिकट लिएका केन्द्रिय सदस्य केसीले अघिल्लो आम निर्वाचनमा आफु अन्तिम पटक मात्रै चुनाव लडेको र आईन्दा प्रत्यक्ष निर्वाचनमा सहभागि नहुने घोषणा गरेकाले र पार्टी भित्र पुस्तान्तरणको एजेन्डा अघि बढेकाले केसीको नाम समानुपातिकको पहिलो नम्बरमा समावेश गरेको सभापति शेर्पाले बताए ।

प्रतिनिधि सभा समानुपातिक तर्फ सभासदहरु पुरुषोतम बस्नेत र गोकर्ण राई, पुर्व पार्टी सभापति प्रभुराम बस्नेत, पार्टी महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, महाधिवेशन प्रतिनिधि आङछिरिङ शेर्पा,धर्म नेपाली र नेतृ राधिका श्रेष्ठको नाम प्रदेशमा सिफारिस गरिएको छ ।

पार्टी सभापति शेर्पाले एक प्रेस विज्ञप्ती जारी गर्दै दुवै प्रदेश सभा क्षेत्रिय समितिको सिफारिसको आधारमा केही परिमार्जन गरि प्रदेश सभा क र ख मा उम्मेदवरको नाम सिफारिस गरिएको जानकारी दिए ।

प्रदेश सभा क मा प्रत्यक्ष तर्फ पुर्व पार्टी सभापति विनोद बस्नेत, पार्टी सचिव भालकाजी कुलुङ, युवा नेता गणेश बस्नेत, पार्टी नेताहरु कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम पठाईएको छ ।

त्यस्तै, प्रदेश क कै समानुपातिक तर्फ पुर्व पार्टी सभापति छत्रध्वज बस्नेत, पार्टी नेताहरु नातिकाजी गुरुङ, सरला नाछिरिङ, गिता गुरुङ, रिना उप्रेति केसी, जिवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम प्रदेश समितिमा पठाईएको हो ।

त्यस्तै, प्रदेश सभा ख मा प्रत्यक्ष तर्फ प्रदेश सभापति कर्मा शेर्पा र पार्टि नेताहरु प्रेमबहादुर थापा मगर र साङगा बहादुर राईको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ नौ जनाको नाम पठाईएको छ ।

जसमा महिला संघकी निवर्तमान सदस्य डोल्मा तामाङ, पार्टी उपसभापति फुदोर्जी शेर्पा, पार्टी नेताहरु पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मङगलसिहं तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पा रहेका छन् ।

1662384358 cqYqF
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img