spot_img

पल शाहले पाए सफाइ, बाल यौन दुरुपयोग मुद्दामा साढे २ वर्षको कैद

spot_img

नवलपुर – जिल्ला अदालत नवलपुरले बलात्कार मुद्दामा अभिनेता पूर्णविक्रम शाह ९पल० लाई सफाइ दिएको छ ।

आज मङ्गलवार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो । शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा भने साढे दुई वर्षको कैद र २५ हजार रुपैयाँ जरिबाना सुनाएको जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै अदालतले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको क्षेत्रीले जानकारी दिनुभयो । अदालतले पीडित बालिकाका अभिभावकलाई पूर्ण संरक्षणमा राख्न र यस्ता विषयमा गोपनीयता कायम गरेर समाचार सम्प्रेषण गर्न पनि सचेत गराएको छ ।

गएको चैत ४ गते शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो । पीडितको बाबुले दायर गरेको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । त्यही मुद्दामा आज अदालतको फैसला आएको हो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img