spot_img

गोठाटारमा गोली हानिएका व्यवसायी मोहम्मदको मृत्यु

spot_img

काठमाडौं- काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

गोली लागि घाइते सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

मोहम्मदको टाउको र तिघ्रामा गोली लागेको थियो। शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए।

कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि ४ गोली प्रहार गरेका थिए। घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

mohammad1663604524
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img