काठमाडौं–चितवनको राप्ती नगरपालिका–८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यलयका अनुसार १५(२० जनाको समूहमा रहेको समूहले मतपेटिका नियन्त्रणमा लिन खोजेपछि एक राउण्ड हवाई फायर गरिएको जनाइएको छ ।
प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।
यस्तै,बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विष्फोट भएको छ । मतदानको समयमा विष्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित भएको छ ।






