spot_img

राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

spot_img

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ । बिहीबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदा अरु दलसँग पनि छलफल गर्ने र भरसक साझा उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकले राष्ट्रियसभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको लेखकको भनाई छ । कांग्रेस संसदीय दलको अर्को बैठक माघ २६ गते बस्ने निर्णय पनि भएको । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त रहेको थियो ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img