काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुन सहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्।
दुबईबाट नेपाल आउँदै गरेका ती नागरिकको साथबाट ९ केजी १३५ ग्राम सुन पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
ती नागरिक बुधबार राति काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन्। उनी रातिको १२ बजेर १० मिनेटमा नेपाल आइपुगेका थिए।
ठूलो परिणाममा सुन भेटिएपछि सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






