काठमाडाैं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
गत भदौमा बलात्कारको अभियोग लागेर पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
लामिछानेलाई कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि उच्च अदालतमा थुनामा राख्ने आदेशविरुद्ध रिट दायर भएको थियो। उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेको थियो।
सन्दीपलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिइसकेको छ। निवेदनमाथि भोलि पहिलो सुनुवाइ हुँदैछ।






