spot_img

प्रदेशसभाको बैठक सोमबार बस्ने

spot_img

काठमान्डौ। प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ ।

गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पराजुलीले जानकारी दिनुभयो ।

प्रदेशसभाको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभा बैठकमा सम्बोधन गर्न संविधानमा व्यवस्था भएअनुरुप सो सम्बोधन हुने सचिव पराजुलीको भनाइ छ ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img