spot_img

भ्रष्टाचार विरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ : प्रधानमन्त्री

spot_img

काठमान्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने बताए।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने “जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउनेप्रति वर्तमान सरकार प्रतिबद्ध छ । यसका लागि आयोगलाई अधिकार सम्पन्न बनाइने छ ।”

भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूत गर्ने विषय वर्तमान सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा समेटिएको प्रधानमन्त्री दाहालले बताए । “आयोगलाई जिम्मेवारी निर्वाह गर्ने सवालमा हर प्रकारको सहयोग गर्न र भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुनेछ”, उनले बताए ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img