काठमान्डौ। भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन् ।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनि नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज आइपुगेका हुन् ।
काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका हुन्। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा पनि छलफल हुने जनाइएको छ ।






