spot_img

टिष्टुङमा सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम  सम्पन्न

spot_img

मकवानपुर । मकवानपुरको  टिष्टुङमा  सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम-२०७९ सम्पन्न भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक चाड तथा नयाँ वर्ष मञ्जुश्री सम्वत २८५९ ह्योइ,तावर ल्हो (बिरालो वर्ग) को अवसरमा कार्यक्रम आयोजना गरिएको हो। 

330300897 1250931828826034 1109427451570042294 n

कार्यक्रमको उद्घाटन गर्दै  प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले  सोनाम ल्होछारको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका छन् । 

दुई दिन सम्म चलेको सो  कार्यक्रमको पहिलो दिन चर्चित कलाकारहरूले आ-आफ्नो प्रस्तुति राख्नुका साथै लामा गुरुहरूबाट पूजापाठ आयोजना गरिएको थियो।  

कार्यक्रमको समापन समारोहमा वाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री  कुमारी मोक्तानले ल्होछारको शुभकामना दिँदै मकवानपुर र वाग्मती प्रदेशको विकासको लागि आफू लागी परेको बताएकी छन्। 

कार्यक्रममा विश्व दोङ,संजिव वाइबा,लगायतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए। 

330195145 522544579864495 995081275406620045 n 1
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img