काठमाण्डौं । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा सुरज सिंह ठकुरी नियुक्त भएका छन् ।
आइतबार एभरेष्ट होटलमा आयोजित एकहस्ताक्षर समारोहका बीच नेपालका एक बहुमुखी मिडिया व्यक्तित्व सुरज सिंह ठकुरीलाई बोर्डको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।
‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुरज सिंह ठकुरीले भने, ‘शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासंग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन ।

अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमकोहिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न
सहयोगका लागि तत्पर छु ।’
इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले ब्रान्ड एम्बेसडरको रुपमा ठकुरीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । बोर्डले विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त गरेको छ ।