सामाजिक सञ्जालमा विवादित ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।
बुधबार राति वाइवाले विष सेवन गरेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।
उनलाई अहिले वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको छ। साथै विष सेवन गर्नुको कुनै कारण भने खुलेको छैन ।
वाइवा केही समय अघि पत्रकार ऋषी धमलासँगको सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा आएसँगै विवादित बनेकी थिइन् ।





