spot_img

तेस्रो उपराष्ट्रपति बने रामसहाय यादव

spot_img

काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी,राष्ट्रिय जनमोर्चाको समर्थन रह्यो।

यादव नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यलाई हराउँदै उपराष्‍ट्रपतिमा निर्वाचित भएका हुन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img