spot_img

राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

spot_img

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनःस्थापनाका लागि प्रयोग गरिनेछ । सो अवसरमा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गरे ।

एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानका क्षेत्रमा अतुलनीय योगदान पु¥याइरहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने आशा राखेको उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकाप्रति खुसी व्यक्त गरे । सङ्घले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम् विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सङ्घले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । कृषिप्रधान देश भए पनि कृषि औजार बनाउने कारखाना नै तीन दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकाले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाइ थियो ।

उक्त योजनामा सङ्घले सहयोगका लागि अग्रसरता देखाएकामा पुनले खुसी व्यक्त गरे । देशैभरिका किसानले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकाले पनि कृषि औजार कारखाना पुनःस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उनको भनाइ थियो ।

समुदायको हितका लागि खरिद गरिएका सामग्री समुदायलाई नै हस्तान्तरण गर्ने मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरिएको सङ्घले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि ‘मेक इन नेपाल’ र ‘स्थानीय नवप्रवर्तन’ को अवधारणाअन्तर्गत सङ्घ तथा सङ्घका अभियन्ताले व्यक्तिगतरुपमा आर्थिक सहयोग गर्दै आएका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img