spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको कमल गाउँपालिका भेला सम्पन्न

spot_img

झापामा राष्ट्रिय स्वतन्त्र पार्टीको कमल गाउँपालिका भेला सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबीच सो भेला सम्पन्न भएको हो । भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्दिय सदस्य रमेश प्रसाईँ प्रमुख अतिथि रहेका थिए।

भेलामा कोसी प्रदेश इन्चार्ज ओम भण्डारी, प्रदेश सदस्य एवं प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, सहसंयोजक प्रकाश पाठक उपस्थित थिए । भेलाले १७ सदस्यीय पालिका समिति सर्वसम्मतिले चयन गरेको छ ।

सभापतिमा केदारनाथ चापागाईँ चयन भएका छन् । सचिवमा यज्ञ प्रसाद तिवारी ,कोषाध्यक्षमा तुलसा चम्लागाई चयन भएका छन् । त्यस्तै सदस्यहरूमा यम प्रकाश सुब्बा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे,विष्णु माया सिटौला, डम्बर बहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी, मातृका ढुङ्गेल चयन भएका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img