spot_img

महाकालीमा डुङ्गा सञ्चालनमा भारतीय सुरक्षाकर्मीको अवरोध

spot_img

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।

यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरुमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ ।

गाउँपालिकाले रू ६६ हजार ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उनको भनाइ छ । “महाकालीमा डुङ्गा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ”, उनले भने ।

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुङ्गा निर्माणका लागि एक लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको उनले बताउए ।

भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ । “डुङ्गा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ”, उनले भने ।

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुङ्गा सञ्चालनमा छन् ।

उनले भने , “अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुङ्गा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ । तर समस्या समाधान हुन सकेको छैन ।”

हल्दुविनायक घाटमा एसएसबीले डुङ्गा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुङ्गामार्फत ओहोरदोहोर गर्ने गरेका छन् । भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन् । तर डुङ्गा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन् ।

पुल निर्माणका लागिसमेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन । जोखिमपूर्ण रुपमा डुङ्गाको सहारामा आवतजावत गर्नसमेत यहाँका नागरिक बाध्य भएका हुन् । तल्लोस्वराड क्षेत्रमा डुङ्गा सञ्चालन हुने आठवटा घाट छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img