spot_img

 भारी मतान्तरसहित तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी 

spot_img

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ १ का उमेदवार अर्थविद् डा स्वर्णिम वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार मतले पछि पार्दै वाग्लेले संसद भवनको यात्रा तय गरेका हुन्। वाग्लेलाई आज (मंगलबार) प्रमाणपत्र प्रदान गरिएको छ ।


मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भने ‘जनताका अपेक्षा न्याय गर्नेछु ।’ डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताए । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताए । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उनले भने, ‘सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।’


डा वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img