वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा दुई सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् ।
संघीय संसद् सचिवालय सिंहदरबारमा सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।
उपनिर्वाचनमा बारा २ बाट निर्वाचित संसद् उपेन्द्र यादव उपत्यका बाहिर रहेकाले आज शपथ नभएको जनाइएको छ।









