नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। नेपालले युएईलाई ७ विकेटले हराएको हो। जित सङै नेपाल एसिया कपमा छनोट भएको छ।
हिजो बर्षका कारण रोकिएको खेललाई आज निरन्तरता दिइएको थियो। यूएईले दिएको ११८ रनको लक्ष्य तीन विकेटको क्षतीमा ३०.३ ओभर मा पूरा गर्यो। नेपालको जितका लागि गुल्सन झाले सर्वाधिक ६७ रन बनाए। उनको एकदिवसीय क्रीकेटमा यो दोश्रो अर्धसतक हो।
नेपाल प्रिमियर कपको बिजेता भए सङ्गै सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्ने छ।






