spot_img

देशमा आगो बाल्ने अभिव्यक्ति दिएकी एलिजाले लिइन्  राजनीति बाट संन्यास 

spot_img

नागरिक उन्मुक्ति पार्टीकी नेतृ तथा अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । केही महिना अगाडी उनी नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिइन्।  

धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित भएको भन्दै उनले लेखेकी छन् “उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ ।” 

उनले अगाडी लेखेकी छन् “आज उहाँको श्रम शिविर स्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुसी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षारोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु । ” 

साथै उनले दलको सक्रिय राजनीति गर्नेहरूलाई एक चोटी धरान आएर मेयर हर्क राई को काम हेर्न अनुरोध पनि गरेकी छन्।  उनले स्टाटसको अन्त्यमा लेखेकी छन् “यस पटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोस्टमार्फत घोषणा गर्दछु ।”

पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी  उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर  एकाएक चर्चामा आएकी थिइन् ।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img