spot_img

रवि लामिछानेले गरे प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट

spot_img

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री सुशीला कार्की बीच आज बालुवाटारमा शिष्टाचार भेटवार्ता भयो। भेटको सुरुमा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक र निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज लोकतान्त्रिक निकास पाएकोमा बधाई ज्ञापन गरे। उनले प्रधानमन्त्रीको ‘चट्टानी अडान’ र दृढताकै कारण मुलुकले निकास पाएको भन्दै प्रशंसा गरे। लामिछानेले भने, “सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई सुरक्षित अवतरण गर्न तपाईं सफल हुनुभएको छ, यसका लागि हाम्रो उच्च सम्मान छ।” उनले आगामी दिनमा पनि प्रधानमन्त्रीको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेको बताए।

जवाफमा प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर काम गर्न सुझाव दिइन्। उनले भनिन्, “अहिले देश रोएको छ। तपाईं युवाहरूबाट देशवासीले ठूलो अपेक्षा गर्छन्, त्यसैले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ।” उनले चुनौती धेरै भए पनि सम्हालिएर अघि बढ्न र इमानका साथ काम गर्न प्रेरित गरिन्। प्रधानमन्त्रीले थप भनिन्, “विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिनुपर्छ।”

भेटका क्रममा लामिछानेले वर्तमान सरकारले गरेका निर्णयहरूमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको स्पष्ट पारे। उनले भने, “सरकारले अन्तिम दिनसम्म काम गर्न पाउँछ, यसका कदममा हामी साथ दिन्छौँ र निर्णय पनि शिरोपर गर्छौँ।” उनले अर्को सरकार नआउँदासम्म पूर्ण क्षमताका साथ काम गर्न सुझाव दिँदै पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वको तनाव र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा उचित कदम चाल्न आग्रह गरे

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img