spot_img

नुवाकोटमा पहिलोपटक ‘Summer Splash 2026 – DJ Pool Party’ हुदै

spot_img

नुवाकोटमा पहिलोपटक फरक अवधारणासहित ‘Summer Splash 2026 – DJ Pool Party’ आयोजना हुने भएको छ। आगामी असार २७ (जुलाई ११ ) गते बट्टार–हावाघरस्थित होटल वाटर टावरमा कार्यक्रम हुने भएको हो।

कार्यक्रमले स्विमिङ, लाइभ DJ प्रस्तुति र मनोरञ्जनलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको उद्देश्य दैनिक व्यस्तताबाट केही समय विश्राम दिलाउँदै सहभागीलाई सुरक्षित, सभ्य र गुणस्तरीय मनोरञ्जन प्रदान गर्नु रहेको आयोजकको भनाई छ।

कार्यक्रमको मुख्य आकर्षण काठमाडौंकी चर्चित DJ Kriti रहनेछिन्। बिहान ११:३० बजेदेखि साँझ ८:०० बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीहरूले स्विमिङसँगै DJ को सांगीतिक प्रस्तुतिमा रमाउँदै अविस्मरणीय अनुभव लिन सक्नेछन्।

कार्यक्रमको प्रवेश शुल्क रु. १,००० निर्धारण गरिएको छ। उक्त शुल्कमा निःशुल्क स्विमिङ, एक क्यान बियर वा Extreme Energy Drink तथा पूल पार्टीमा सहभागी हुने सुविधा समावेश गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रायोजक बार्हसिङ्गे रहेको छ भने Extreme Energy Drinks प्रायोजकका रूपमा रहेका छन्। सुजिम बजार र बागमती ग्याबिन बक्स सह-प्रायोजकका रूपमा आबद्ध छन्।सीमित क्षमतामा कार्यक्रम सञ्चालन हुने भएकाले समयमै टिकट सुरक्षित गर्न पनि अनुरोध गरिएको छ।

कार्यक्रमले नुवाकोटमा आधुनिक मनोरञ्जन संस्कृतिको विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, होटल व्यवसायको प्रोत्साहन तथा युवाबीच सकारात्मक सामाजिक अन्तरक्रियालाई टेवा पुग्ने विश्वास आयोजकको छ। कार्यक्रमका मुख्य आयोजकहरु नुवाकोटका स्थानिय राजकुमार न्यौपाने, प्रह्लाद के.सी., दिपक ढकाल र सन्तोष सरगम अधिकारी रहेका छन्।

spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img

भर्खरै

spot_img